एमालेबाट धनगढीको मेयरमा रणबहादुर र उपमेयरमा नन्दकला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । नेकपा एमालेबाट धनगढी उपमहानगरको मेयरमा रणबहादुर चन्द र उपमेयरमा नन्दकला रानाले उम्मेदवारी दिएका छन् ।

मेयरका आकांक्षी चन्दले एमाले नेता दुर्गा जोशीको प्रस्ताव र जीवनकुमार बमको समर्थनमा उम्मेदवाी दर्ता गराएका हुन् । 

प्रस्तावक र समर्थक दुवै धनगढीको मेयर पदका आकांक्षी हुन् ।

यसैगरी उपमेयरका आकांक्षी रानाले लक्ष्मी केसीको प्रस्ताक र कोइलीदेवी चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

उम्मेदवारी मनोनयनका क्रममा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य नारदमुनि राना, प्रदेश सचिव धर्मराज पाठक लगायतको सहभागिता रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।