काठमाडौं महानगरको मेयर र उपमेयरमा एमालेबाट स्थापित र डंगोलको उम्मेदवारी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन सोमबार स्थापित र डंगोलले उम्मेदवारी दर्ता गराएका हुन् ।

स्थापित काठमाडौं महानगरको पूर्वमेयर तथा बाग्मती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् भने डंगोल पूर्वमिस नेवा हुन् ।

२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा स्थापित काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका थिए ।

यसपटक पनि एमालेले पूर्वमेयर स्थापितलाई नै काठमाडौं मेयरमा अघि सारेको हो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।