एमालेको चुनावी घोषणापत्र: निरोगी नेपाल निर्माण गर्ने, विपन्न परिवारलाई बिजुली निःशुल्क (पूर्णपाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सञ्चालनमा ल्याइएको पार्टी केन्द्रिय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन्।

घोणणापत्रमा विपन्न परिवारलाई घरायसी प्रयोजनका लागि निःशुल्क विद्युत् उपलब्ध गराउने उल्लेख गरेको छ । घोषणापत्रमा भनिएको छ ,’प्रत्येक नागरिकका घरमा विद्युत् सेवा उपलव्ध गराउने । विपन्न परिवारलाई घरायसी प्रयोगको विद्युत् निःशुल्क उपलव्ध गराउने ।’

बायोग्यास, सौर्य ऊर्जा, वायु उर्जा, लघु जलविद्युत्लगायत वैकल्पिक उर्जाको प्रयोगबाट सबै परिवारमा आधुनिक उर्जा पुर्याउने एमाले घोषापत्रमा उल्लेख छ ।

त्यस्तै घोषणापत्रमा निरोगी नेपाल, स्वस्थ्य नेपालीको नारा अघि सारिएको छ । पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने उल्लेख छ ।

आरोग्यता, स्वास्थ्य परीक्षण, निःशुल्क आधारभूत स्वास्थ्य सेवा, जटिल रोगको निःशुल्क उपचार, बिमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्थामार्फत स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने एमालेले बताएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।