आइओसीले पठायो इन्धनको नयाँ मूल्यसूची,पेट्रोलको घट्यो, डिजेलको बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसीे) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

आयल निगमका अनुसार अप्रिल १६ मा आइओसीले इन्धनको नयाँ मूल्यसूची पठाएको हो। 

निगमलाई आइओसीबाट प्राप्त मूल्यसूची अनुसार पेट्रोलको मूल्य थोरै घटेको छ भने डिजेल, मट्टितेल, हवाइ इन्धनको मूल्य बढेको छ।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४.७९ रुपैयाँ घटेको छ भने डिजेल प्रतिलिटर २.०२ रुपैयाँ, हवाई इन्धन ०.३८ रुपैयाँ  बढेर आएको छ ।

पेट्रोलियम पदार्थको विक्रीबाट आगामी १५ दिनमा मात्रै ३ अर्ब ७३ करोड रुपैयाँ नोक्सानी हुने निगमको प्रक्षेपण छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।