चुनावी तालमेलबारे प्रचण्ड: निर्वाचन कुनै हालतमा सर्दैन, भागबण्डा आजै टुंगिन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन कुनैपनि हालतमा नसर्ने बताएकाच छन्।

पार्टीको प्रचार विभागले पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले गठबन्धन निर्वाचनको अन्तिम तयारीमा जुटेको बताउँदै निर्वाचन तोकिएकै मितिमा हुने बताएका हुन्। 

उनले गठबन्धनका दलहरु पनि तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न कटिवद्ध भएका कारण निर्वाचन सर्ने सम्भावना कहिँ कतै नदेखिएको बताए।

पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘निर्वाचन सार्ने सत्तारूढ दलहरूको कुनै मनशाय छैन। गठबन्धन निर्वाचन तयारीमा केन्द्रित छ।’ उनले महानगर र उपमहानगरको भागबण्डा आज बेलुकीसम्ममा टुंगिने पनि बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।