चुनावी तयारीबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्थानीय तहको चुनावको तयारीबारे छलफल गर्न नेकपा (एमाले) सचिवालय बैठक बस्दै छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बोलाइएको छ। आज साँझ ६ बजे सचिवालय बैठक बस्ने भएको छ।

आजको बैठकमा चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने जनाइएको छ।

त्यसअघि आज बिहान एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै छ। केन्द्रीय कार्यालय बैठक बिहान ११ बजे कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए।

वैशाख ९ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने एमालेको तयारी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।