पल शाह प्रकरणमा ट्वीस्ट : पीडित नाबालिगले फेरिन् बयान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् ।

जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले बयान फेरेकी हुन् । उनले बकपत्रका क्रममा जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । उनले बकपत्रका क्रममा अरूको उक्साहटमा परेर जाहेरी दिएको दाबी गरेकी छन् ।

ती नाबालिग गायिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको आरोप लगाउँदै उनका अभिभावकले उजुरी दिएका थिए ।

अभिनेता शाहलाई बलात्कारको अभियोगमा जिल्ला अदालत तनहुँ र नवलपुर आदेशले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । १५ फागुनमा तनहुँ प्रहरीसमक्ष आएर पलले आत्मसमर्पण गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।