शेयर कारोबार अवधिभर फ्लोरसिट हेर्न नपाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब शेयर कारोबार अवधिभर (११ बजेदेखि ३ बजेसम्म) फ्लोरसिट हेर्न नपाइने भएको छ । 

नेपाल धितोपत्र बोर्डले चैत ३० गते एक पत्र जारी गर्दै कारोबार समयमा नै फ्लोर सिटमा देखिने ब्रोकर र लगानीकर्ताको क्रम संख्या खुल्ने विवरण हटाउन नेप्सेलाई निर्देशन दिएको हो । 

हाल कारोबार समयमा नै फ्लोर सिटमार्फत कारोबारमा संलग्न ब्रोकर तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण हेर्न पाइने व्यवस्था छ ।

उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट सुझाव तथा गुनासो आएपछि कारोबार सकिएपछि मात्र फ्लोरसिट हेर्न पाउने व्यवस्था गर्न बोर्डले नेप्सेलाई पत्राचार गरेको हो ।

उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट बोर्डमा सुझाव तथा गुनासो आएसँगै बोर्डले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी बोर्डले उक्त विवरण अब कारोबार समयपछि मात्रै हेर्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

यस्तै, बोर्डले ब्रोकरहरुलाई स्क्रिन एग्जिविसन रुम (सेयर कारोबार हेर्ने डिस्प्ले) सुचारु गर्न पनि निर्देशन दिएको छ । 

कोभिड १९ को न्यूनीकरणका लागि बोर्डले करिब २ वर्षदेखि उक्त रुम बन्द गर्न निर्देशन दिएको थियो । अब पुनः ब्रोकर कार्यालयमा बसेर सेयर कारोबार विवरण हेर्न सक्नेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।