‘साढे ६ महिनाको आयात धान्न पर्याप्त सञ्चिति छ, श्रीलंका हुन्छ भनेर आँत्तिनुपर्दैन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकको अर्थतन्त्र मिलेर नै सुधार हुने बताएका छन् ।

महासंघको वार्षिक साधारण सभामा उनले मुलुकको अर्थतन्त्र श्रीलंकको जस्तो पनि नहुने र सबै मिलेर सुधार गर्न सकिने बताए ।

‘चालु आर्थिक बर्षको शुरुदेखि अर्थतन्त्रमा अभूतपूर्व सुधार देखिएको
थियो । अत्यधिक मागलाई नेपालको वित्तीय क्षेत्रले धेरै समय थेग्न सकेन ।
स्वाभाविक रूपमा कर्जा प्रवाह बढ्यो ।

माग हुँदा आयात बढ्नु पनि स्वाभाविक थियो । रेमिट्यान्स आप्रवाहमा केही कमी आयो । यसले भुक्तानी सन्तुलनमा चाप परेको छ ।

विदेशी मुद्राको सञ्चिति साढे ६ महिनाको आयात धान्न पर्याप्त छ । अबका
दिनमा रकम सकिने मात्रै होइन । रकम आप्रवाह पनि त हुन्छ,’ उनले भने,
‘त्यसैले श्रीलंका हुन्छ भनेर आँत्तिनुपर्दैन ।

‘सुधार हुुन्छ, हामी सबै मिलेर सुधार गर्ने हो । एक अर्कालाई गाली नगरौँ
। महासंघको पदाधिकारी, कार्यकारिणी समिति सदस्य लगायत सम्पूर्ण सदस्यहरू
हामी जिम्मेवार नागरिक हौँ । हाम्रो भनाइको अर्थ रहन्छ । सबै मिलेर संकट
समाधानका लागि पहल गर्नुुपर्छ ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।