काठमाडौं । जंगीअड्डाले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।
सोमवार सार्वजनिक सूचना जारी गर्दै उप- प्राध्यापकदेखि भान्छेसम्म माग गरेको हो ।
सेनाको बलाधिकृत विभागअन्तर्गत सैनिक कल्याणकारी महानिर्देशनालयले विभिन्न पदमा भर्ना खोलेको हो। त्यसका लागि योग्य व्यक्तिबाट आवेदन माग गरेको छ।
सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका पदमा खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न लागिएको जंगी अड्डाले जनाएको छ।
Comment