बैशाखदेखि भौतिक उपस्थितमा संस्थागत श्रम स्वीकृति स्वीकृति नपाइने,अनलाइनबाट दिनुहोस् आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले आगामी वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै दिने भएको छ ।

ताहाचल कार्यालयले एक सूचना जारी गर्दै सम्बन्धित इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई संस्थागत श्रम स्वीकृतिको काम भौतिक उपस्थिति बिना नै अनलाइन प्रणालीबाट मात्र गरिने जानकारी गराएको छ ।

यसका साथै कम्तीमा ३ कार्यदिन अघि नै पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन समेत अनुरोध गरेको छ ।

वैदेशिक रोजगार कार्यालयमा अनावश्यक हस्तक्षेप र भीडभाड बढेपछि संस्थागत (म्यानपावर) मार्फत लिने अन्तिम श्रम स्वीकृतीलाई विभागले अनलाइन गरेको हो ।

हाल म्यानपावर कम्पनीका प्रतिनिधि पूर्व र अन्तिम श्रमस्वीकृतिका लागि फाइल बोकेर विभागमा नै जानुपर्ने अवस्था रहेको छ।

संस्थागत श्रम स्वीकृतिका लागि दूतावासले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मार्फत अपलोड गरी पठाएको मागपत्र अनलाइन गरेपछि विभागले नै पूर्व र अन्तिम श्रम स्वीकृति दिनेछ।

पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार मासिक औसत १५ हजार श्रमिकले संस्थागत रूपमा श्रम स्वीकृति लिने गरेको देखिन्छ।

हाल विभागले व्याक्तिगत, वैधानिकीकरण, नयाँ र संस्थागत रूपमा श्रम स्वीकृति जारी गर्दै आएको छ।

यसरी दिनुहोस् अनलाइनबाट आवेदन

– वैदेशिक रोजगार विभागको वेवसाइट www.dofe.gov.np मा गई अनलाइन श्रम स्वीकृति क्लिक गर्नुहोला वा सिधे www.feims.dofe.gov.np मा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहेका व्यक्तिका लागि मात्र भन्ने Log in गरी फाराम भर्नु पर्ने छ।

– श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारण सहितको सूचना आवेदकको मोवाइल नम्बर र आवेदन गर्दाको User Account मा जाने हँदा आफ्नो व्यक्तिगत मोवाइल नम्बर र इमेल ठेगाना अनिवार्य रुपमा भर्नु पर्नेछ।

 – Username र Password प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन, श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकोले आवेदन गर्दाको Username र Password सुरक्षित राख्नु पर्नेछ।

– अनलाइनमा कागजातहरु जाँच गर्न समय लाग्ने भएकोले कम्तीमा ३ कार्य दिन दिन अगाडि अनलाइन फाराम भर्नुपर्नेछ।

– बायोमेट्रिक नभएका व्यक्तिहरुले वैदेशिक रोजगार कार्यालय काठमाडौं वा अन्य श्रम तथा रोजगार कार्यालयहरुमा बायोमेट्रिक गराएर मात्र अनलाईन फाराम भर्नुपर्नेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।