कतार विश्वकप ड्र सार्वजनिक, कुन टिम कुन समूहमा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । आगामी नोभेम्बरबाट सुरु हुने कतार विश्वकपको ड्र सार्वजनिक भएको छ ।

फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर दोहामा सम्पन्न कार्यक्रमका बीच गएराति समूह विभाजन गरिएको हो ।

जसअनुसार समूह ‘ए’ मा कतार, नेदरल्यान्ड, सेनेगल र इक्वेडर परेकान् छन् भने समूह ‘बी’ मा इङ्ल्यान्ड, अमेरिका, इरान र युइएफएका प्लेअफबाट छानिने टोली हुनेछन् ।

यस्तै समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्यान्ड र साउदी अरेबिया समेटिँदा समूह ‘डी’ मा फ्रान्स, डेनमार्क, टुनिसिया, अन्तरमहादेशीय छनोटबाट आएको टोली हुनेछन् ।

यस्तै समूह ‘ई’ मा स्पेन, जर्मनी, जापान र अन्तरमहादेशीय छनोटबाट आएको टोली हुनेछन् भने समूह ‘एफ’ मा बेल्जियम, क्रोएसिया, मोरक्को र क्यानडा रहेका छन् ।

यस्तै समूह ‘जी’ मा ब्राजिल, स्विजरल्यान्ड, सर्बिया र क्यामरुन तथा समूह ‘एच’ मा पोर्चुगल , उरुग्वे, कोरिया र घाना रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।