सरुवा भएका एसपीलाई मिलन केन्द्रको बिदाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । सर्लाही जिल्ला प्रहरी कार्यालयबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईंलाइ कर्मचारी मिलन केन्द्रले बिदाइ गरेको छ ।

प्रसाईंको बिदाइमा शुभकामना तथा फेरि भेटौंला कार्यक्रम राखिएको थियो ।

सर्लाहीबाट सरुवा भएका प्रसाईंको आगामी कार्यकालको सफलताको कामना गर्दै शुभकामना आदानप्रदान कार्यक्रमसहित बिदाई गरिएको मिलन केन्द्रका सचिव सुनिल कुशवाहले जानकारी दिए ।

कार्यक्रममा सरुवा भएका प्रसाईंले सर्लाहीमा आफ्नो कार्याकाल अवधिमा सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी, सरोकारवाला र जिल्लाबासीप्रति आभार व्यक्त गरेका थिए । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रमुख सेनानी अभिषेक कार्की, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, उपअनुसन्धान निर्देशक चन्दन कुमार झा, प्रशासकिय अधिकृत राज कुमार थापा, डा. नन्दकिशोर कुशवाहा, ई.शत्रुधन कुमार यादव,  ई.रञ्जय कुमार महतो, मुकेशकुमार यादव, विश्वनाथ यादव, अनिलकुमार साहलगायत सहभागी थिए । एसपी प्रसाईंको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।