कांग्रेसको निर्वाचन परिचालन समितिले पायो पूर्णता,को- को भए मनोनीत ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले पूर्णता पाएको छ । सभापति शेरबहादुर देउवाले बुधबार ५५ जना सदस्य मनोनयन गर्दै निर्वाचन परिचालन समितिलाई पूर्णता दिएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको यही चैत १५ गतेको बैठकले वैशाख ३० गते हुने स्थानीय चुनावका लागि उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको थियो ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मनोनीत हुने सदस्यहरुमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार छन् ।

त्यस्तै केन्द्रीय सदस्यहरुबाट शशांक कोइराला, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, शेखर कोइराला, बालकृष्ण खाँणलगायत छन् ।

समितिको बैठक बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा बस्ने समेत मुख्य सचिव पौडेलले जानकारी दिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।