जुम्लामा लागु औषधसहित एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जुम्ला चन्दननाथ नगरपालिका वडा नं ०२ बाट अवैध लागूऔषध ब्राउन सुगरसहित सोही ठाउँ बस्ने १८ वर्षीय धर्मेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरीले भण्डारीलाई शंकास्पद अवस्थामा फेला पारेपछि उनको कोठा तलासी गर्दा ब्राउन सुगर फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार भण्डारीको घरको खान तलासी गर्दा उक्त घरको माथिलो दोस्रो तलामा रहेको कोठाको उत्तर तर्फको भित्तामा काठको र्‍याकमा रहेको किताब कापी मध्ये गाता नभएको कापि भित्र सेतो रंगको प्लाष्टिकको टुक्रामा बेरी पुरीया बनाई राखेको अवस्थामा लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रंगको धुलो पदार्थ र सोही कोठाको पश्चिम भित्तामा सिल्भर रंगको जलेको अवस्थामा टिलटिले कागजको टुक्रा थान ३ (तिन) फेला पारी रितपुर्वक बरामद गरी भण्डारीलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।