बीमा कम्पनीको चुक्ता पुँजीको सीमा बढ्यो,अब कुनले कति पुर्‍याउनु पर्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरेको छ । समितिको संचालक समितिको बिहीबार बसेको बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरेको हो ।

समितिका अनुसार अब जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्नेछ ।

बीमा कम्पनीहरुको जोखिम बहन क्षमता बढाउन पूँजी वृद्धि गरिएको समितिले जनाएको छ । त्यसैगरी, कम्पनीहरुलाई एकअर्कामा गाभ्ने गाभिने अनुकूल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पूँजीगत आधार बलियो बनाउन ठूलो पूंजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच विस्तार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूंजीसंग सामञ्जस्यता हुनेगरी चूक्ता पूंजी कायम गर्न पूजी वृद्धिको निर्णय गरिएको समितिले जनाएको छ ।

अब बीमा कम्पनीहरुले २०७९ साल चैत्र मसान्तसम्ममा तोकिएको चुक्ता पूँजी कायम गरिसक्नुपर्ने र निर्धारित पूंजी उपरोक्त समयावधिभित्र पुन्याउन नसक्ने कम्पनीहरुले बीमक गाने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ बमोजिम हुनेगरी पूँजी कायम गर्नुपर्नेछ ।

यसैगरी, विदेशी बीमकको रुपमा दर्ता भई सचालनमा रहेको बीमकले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ वमोजिमका तोकिएको न्यूनतम चुक्ता पूंजी बराबरको निर्धारित पूंजी कायम गर्ने र संयुक्त लगानीमा संचालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पूंजी कायम गर्ने व्यवस्था गरिएको छ ।

कम्पनीहरुले ३० दिनभित्र आफ्नी पूंजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समिति समक्ष पेश गर्नुपर्ने व्यवस्था समेत रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।