एमाले बैठक: ओलीको राजनीतिक प्रतिवेदनमा के छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। स्थानीय तहको निर्वाचनको तयारी, पार्टीको निति र नेताहरुको जिम्मेवारी समेटेर ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन्। 

प्रतिवेदनमा ओलीले निर्वाचनको मिति र कार्यतालिका समेत प्रकाशित भइसकेको सन्दर्भमा निर्वाचनसम्मका लागि निर्वाचनको तयारी  र त्यसमा पार्टीको विजय सुनिश्चिततालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताएका छन्। 

उनले आगामी स्थानीय तहको निर्वाचन सामान्य, नियमित र सहज अवस्थामा नहुने समेत बताएका छन्। ‘यो त जनादेश र परमादेशबीचको जनमतसंग्रहका रुपमा हुँदैछ। राष्ट्रिय स्वाभिमानका पक्षधर र वाह्य शक्तिहरुका लागि ‘कम्फर्टेबल’ हरुका बीचमा हुँदैछ। राजनीतिक स्थायीत्वको पक्षधर र अस्थिरताका संवाहकहरुकाबीच हुँदैछ। समृद्धि कि बर्बादी, लोकतान्त्रिक संस्थाहरुको रक्षा कि मानमर्दन बीचको छनोटका रुपमा हुँदैछ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ। 

प्रतिवेदनमा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा एमाले विजयी हुने आधारहरु समेत प्रस्तुत गरेका छन्। पार्टीको सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षादेखि शान्ति सूव्यवस्था कायम गर्न एमालेले खेलेको भूमिकासम्मलाई उनले जितको आधारका रुपमा प्रस्तुत गरेका छन्। 

एमालेले सिर्जना गरेका तिनै आधारहरुलाई जनतामाझ लैजान केन्द्रीय नेताहरुलाई निर्देशन समेत दिइएको छ। चुनाव अवधिभर केन्द्रीय र विभिन्न संगठनमा रहेका नेताहरुलाई आ–आफ्नो जिल्ला र गाउँपालिकामा परिचालन हुन निर्देशन दिएका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।