धिरज राईको गीत ‘लुकी लुकी’ २५ बर्षपछि नयाँ स्वरुपमा (भिडियोसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक धिरज राईको गीत ‘लुकी लुकी’ २५ बर्षपछि युट्युवमा फेरि सार्वजनिक गरिएको छ । ट्रि इन्टरटेन्मेन्टले यसपटक भिडिओ मेकिङ गर्दै नयाँ स्वरुप दिएको हाे ।

भिडियोमा अभिनेत्री आँचल शर्मा, अभिनेता डेल्विस र राजले अभिनय गरेका छन्। गीतमा शब्द तथा संगीत पनि गायक धीरजकै रहेको छ। संगीतको एरेन्ज रविन दर्शनधारीले गरेका छन्।

नयाँ भिडियोसहित सार्वजनिक भएको गीतको निर्माण दिनेश दर्शनधारी र यशोधा राईले गरेका छन्। भिडियोको निर्देशन माइकल चन्दले गरेका छन् भने कोरियोग्राफी ‘माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमी’को रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।