साढे दुई करोड ठगी गरेको आरोपमा एक महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ठगी तथा आपराधिक बिश्वासघात गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठ रहेकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टाेलीले उनलाई बालाजुबाट पक्राउ गरेको हो । पीडितको नवलपरासी जिल्लास्थित जग्गा-जमिन खण्डीकरण र बिक्री गरी सो बापत दिनुपर्ने २ करोड ५६ लाख रूपैयाँ नदिई उनी फरार रहेकी थिइन् ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको प्रहरीले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।