खाँडादेवी फूडल्याण्डको होली विशेष कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्डले रंगहरुको पर्वको रुपमा लिईने सांस्कृतिक चाँड फागुपूर्णिमाको अवसरमा गरेको होली विशेष कार्यक्रम सम्पन्न भएको छ ।


खाँडादेवी फूडल्याण्डमा सम्पन्न भएको उक्त कार्यक्रममा ख्याति प्राप्त कलाकार,उद्योगि,ब्यापारी,पत्रकार लगायत करिब ५०० जना स्थानियहरुको उपस्थिति थियो ।


प्रिती आले,दिनेश थापा,सरोज लामिछाने र सिमा भण्डारी लगायतका कलाकारहरुले दमदार गीत प्रस्तुत गरेका थिए भने बिच बिचमा नृत्यहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा रङ अनि खानाका बिबिध परिकारहरु लोकल खसी,लोकल कुखुरा,बदेल,टर्कीको लाइभ बारबेक्‍यू,विभिन्न थरीका हरियो मस्म नूडलस नेपाली,चाइनिज,कन्टिनेन्टल मासुको उत्कृष्ट,आकर्षण परिकारको स्टल एवं प्रदर्शनी तथा पाहुनाको अर्डर अनुसार खानाको परिकार समेत उपलब्ध थियो।


नेपाली मौलिक कला सस्कृतिको माध्यमबाट नेपाली बिचको एकतालाई प्रगाढ बनाउन कार्यक्रमको आयोजना गरिएको फूडल्याण्डका संचालक तथा एजुकेटिभ सेफ गोपी थापाले बताए ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।