काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटना रहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिने भएको छ ।
फागुका दिन हरेक वर्ष थप दुर्घटना हुने गरेको तथ्यलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले अझ कडाइ गर्न लागेको हो ।
फागु पर्वका लागि विशेष ट्राफिक ब्यवस्थापन गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागुलाई दुर्घटना रहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको छ ।
राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिने भएको छ । फागुका दिन हरेक वर्ष थप दुर्घटना हुने गरेको तथ्यलाई ध्यानमा राख्दै मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा दुईजना भन्दा धेरै चढ्ने, तिव्र गतिमा चलाउने, जिकज्याक वा लापरवाही साथ सवारी चलाउने, हेल्मेट नलगाई मोटरसाइकल तथा स्कुटर चलाउनेलाई नियन्त्रणमा लिने भएको छ । त्यसैगरी ठूलो आवाज निकालेर वा मोडिफाई गरी सवारी साधन चलाउनेलाई कारवाही गर्न पनि विशेष जाँचको ब्यवस्था मिलाइएको महाशाखाले जानएको छ ।
महाशाखाकाले उपत्यकाका ६८ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती तथा मोवाईल चेकिङ्ग गरिने जानकारी दिएका छन् ।
फागु पूर्णिमा ९होली० को शुभकामना सहित दुर्घटना रहित व्यवस्थित, मर्यादित र सुरक्षित पर्वको रूपमा मनाउन सम्पूर्ण महानुभावहरूलाई ट्राफिक महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।
Comment