मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेको पुलको मेयर शाक्यले गरे उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  कतिपय नटबोल्ट खुकुलो भएर मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेको पुलको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मंगलबार विहान उद्घाटन गरेका छन् ।   

चुनावको छेको पारेर  डेढ वर्षदेखि प्रयोग भइरहेको माइतीघर (पुरातत्व विभागअघि) को आकाशे  पुलको उद्घाटन गरेका हुन् । 

शिलालेखसमेत तयार गरेर आकाशे पुल उद्घाटनको तयारी गर्दैगर्दा नियमित रुपमा पुल प्रयोग गर्नेहरु अचम्मित भएका थिए ।  किनकि यो पुल डेढ वर्षअघि नै निर्माण सम्पन्न भएर हाल प्रयोग भइरहेको छ । 

यो पुल जेठ २०७७ मै निर्माण सकिएर सर्वसाधारणले प्रयोग गर्न थालेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।