इन्जिनियरहरुको प्रश्नः मधेश प्रदेशको गतगणनामा बदमासी भएकै हो त ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फागुन २७ गते सम्पन्न भएको नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन सम्पन्न भई देशभरका अन्य स्थानहरुको मतपरिणाम समेत सार्वजनिक भइसक्दा पनि मधेश प्रदेशको जनकपुरको स्थगित मतगणना भने अझै सुचारु हुन सकेको छैन । 

मतगणना हुन बाँकी रहेका ३ सय २५ व्यालेट पेपर मध्ये ७५ व्यालेट पेपरमा गढवढी भएको पाइएकोले उक्त मतगणना सुचारु हुन नसकेको हो ।

साथै मधेश प्रदेशमा लामो समय देखि रोकिएको मतगणना कार्यमा गडबढी भएनभएको छानबिन गरी मतगणना सुचारु गर्ने अथवा पुनः मतदान गरेर समाधान निकाल्ने भन्ने सम्बन्धमा निर्वाचन समिति उचित निष्कर्षमा पुग्न नसक्नुलाई समेत इन्जिनियरहरुले आश्चर्यको रुपमा हेरेका छन् ।

नाम नबताउने सर्तमा एकजना इन्जिनियरले मधेश प्रदेशमा मात्र नभई कतै अन्य मतगणना स्थलमा पनि यसरी नै गडबढी त भएको छैन भन्ने प्रश्न सबै इन्जिनियर समुदाय माझ उब्जिएको समेत बताए । 

स्मरणीय के छ भने मतगणना भइरहेको मधेश प्रदेशको मतगणनामा खसेको मत भन्दा थप ७५ मत फेला परेकोले शंका उब्जाएको हो ।

निर्वाचनमा सहभागि नेशनल इन्जिनियर्स एसोसिएसन नेपाल (निन) समूहले सत्ताको आडमा जबर्जस्ती जित्नको  लागि सिडेन समूहले बदमासी गरेको आरोप लगाएको छ । साथै आफूहरु (नेशनल इन्जिनियर्स एसोसिएसन नेपाल)को जित सुनिश्चित हुने देखेर बदमासी गरेको समेत उक्त समूहको आरोप छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।