खाँडादेवी फूडल्याण्डमा होली विशेष कार्यक्रम हुने: ‘संगीत,अबिर र परिकार एकै ठाउँमा’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्डले नेपालीहरुको सांस्कृतिक चाँड फागुपूर्णिमाको अवसरमा होली विशेष कार्यक्रम गर्ने जनाएको छ ।

खाँडादेवी फूडल्याण्डले फागुन ३ गते बिहिबार होलीको अवसरमा विशेष सांगीतिक कार्यक्रमको आयोजना गर्ने संचालक तथा एजुकेटिभ सेफ गोपी थापाले  बताए ।

उनले भने ‘ हामीले विभिन्न पर्वमा नियमित संस्कृतिअनुसारको विशेष कार्यक्रम गर्दै आएका छौं । आगामी होलीको अवसरमा पनि विशेष सांगीतिक माहौलका बीच ग्राहकहरुसँग होली मनाउँदै छौं । संगीतमा रमाउँदै, अबिर लगाउँदै,खाँडादेवीका परिकार खाँदै होली मनाउने योजना अनुसार कार्यक्रमको आयोजना गरिएको छ ।’

बिहान १० बजेबाट शुरूवात हुने होली पर्वमा विशेष मनोरञ्जनात्मक कार्यक्रम रङ अनि खानाका बिबिध परिकार जस्तै लोकल खसी,लोकल खुखुरा,बदेल,टर्कीको लाइभ बारबेक्‍यू,विभिन्न थरीका हरियो,मम नूडलस नेपाली,चाइनिज,कन्टिनेन्टल मासुको उत्कृष्ट,आकर्षण परिकारको स्टल एवं प्रदर्शनी तथा पाहुनाको अर्डर अनुसारको खानाको परिकार समेत पाइने सेफ थापाले बताए ।

कार्यक्रमा चर्चित कलाकार तथा गायक गायिकाहरुको लाइभ दोहोरी,कल्चर डान्स, प्रस्तुति रहने छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।