च्याम्पियन्स लिग: रोनाल्डो सम्मिलित युनाइटेड अन्तिम १६ बाटै बाहिरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड एथ्लेटिको म्याड्रिडसँग पराजित हुँदै यूईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ।

मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १-० अन्तरले पराजित भएपछि समग्रमा २-१ को हार व्यहोर्दै स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो सम्मिलित युनाइटेड बाहिरिएको हो ।

ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले खेलको ४१औँ मिनेटमा निर्णायक गोल गरे । स्पेनमा भएको पहिलो लेगमा युनाइटेड र एट्लेटिकोले १-१ गोलको बराबरी खेलेका थिए ।

अधिकांश समय बल नियन्त्रणमा राखे पनि युनाइटेडले गोल गर्न नसक्दा हार व्यहोर्नुपर्‍यो। जितसँगै एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।