काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामा ९१२ मतका साथ निर्वाचित भएका छन् ।
उनलाई सोही पदका अर्का उम्मेदवार प्रेमध्वज लामाले समर्थन जनाएका थिए । नेता लामाका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत पाए ।
निर्वाचन समितिका अनुसार सो पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो।

Comment