सर्लाही कांग्रेसकाे सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् ।

कोइराला पक्षका उम्मेदवार लक्ष्मण रायलाई ३ सय ८० मतले पराजित गर्दै संस्थापन पक्षका सिंह निर्वाचित भएका हुन् । सिंहले १ हजार ७ सय ५८ मत पाए भने उनका प्रतिस्पर्धी पूर्वसभापति समेत रहेका रायले १ हजार ३ सय ७८ मत ल्याए । 

मतदान शनिबार भएकाे थियाे । त्यही दिन राति मतगणना थालिएकाे थियाे । मतपरिणाम अनुसार एक उपसभापतिबाहेक सबै संस्थापन पक्षका उम्मेदवार निर्वाचित भएका छन् । 

उपसभापति पदमा संस्थापनकै डा. सरोज १ हजार ७ सय ६४ र इतर पक्षका नविन अधिकारी १ हजार ४ सय ९३ मतका साथ चुनिए । सचिवमा संस्थापनकै निरज कार्की १ हजार ७ सय २६ र मनोज यादव १ हजार ४ सय २६ मत ल्याएर निर्वाचित भए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।