ओर्डेअक्समाथि पीएसजीको सहज जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गएराति भएको फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जीत निकालेको छ। घरेलु मैदानमा भएको खेलमा पीएसजीले ओर्डेअक्समाथि ३-० ले जित निकालेको हो।

खेलको २४औं मिनेटमा गोल गर्दै केलियन एमबाप्पेले पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफ १-० मा सकिएको थियो। दोस्रो हाफको ५२औं मिनेटमा नेयमारले गोल गरे। त्यसैगरी खेलको ६१औं मिनेटमा लिनड्रो पारेड्सले गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाएका हुन्।

जितसँगै शीर्ष स्थानको पीएसजीले २८ खेलमा ६५ अंक जोडेको छ। तालिकाको पुछारमा रहेको बोर्डेअक्सको २२ अंक छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।