रुसलाई आर्थिक वा सैन्य सहायता नगर्न चीनलाई अमेरिकाको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रुसलाई कुनै पनि आर्थिक वा सैन्य सहायता नगर्न अमेरिकाले चीनलाई चेतावनी दिएको छ ।

रुसले चीनसँग सहायता मागिरहेको दाबी अमेरिकी अधिकारीले सञ्चार माध्यममा गरिरहेका बेला अमेरिकाले त्यसो नगर्न चेतावनी दिएको हो ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई पश्चिमा प्रतिबन्धहरूबाट जोगाउने प्रयास बेइजिङले गर्न नहुने बताएका छन् ।

रसिया–युद्धमा चीन अहिलेसम्म तटस्थ छ । उसले निरन्तर आफूहरू शान्तिको पक्षमा रहेको जनाउँदै आएको छ ।

यही विषयमा संवाद गर्न उनले सोमबार चीनका वरिष्ठ विदेश नीति अधिकारी याङ जेइचीसँग रोममा भेटवार्ता गर्दैछन् ।

बिबिसीका अनुसार, वाशिंटनस्थित चिनियाँ दूतावासका प्रवक्ता मस्कोले रुसले हतियार मागेकोबारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।