१८० किलो गाँजासहित तीन पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । मकवानपुर प्रहरीले १८० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरि गाउँपालिका–७ स्थित सडकखण्डबाट उक्त परिमाणको गाँजासहित हेटौँडाका तीन जनालाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१६ बस्ने २९ वर्षीय बुद्धिमान वाइबा, २९ वर्षीय अर्जुन स्याङतान र ३० वर्षीय विनोद पाख्रिन रहेका छन् । उनीहरूलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरि मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

चैनपुरबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च १६०६ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा लुकाइछिपाई ल्याएको सो परिमाणको गाँजा बरामद भएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।