मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  सरकारले मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको छ।

मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेसँगै नेपालले पनि श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको हो।

कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेको थियो।

वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी दूतावासबाट प्रमाणिकरण भएर आएका मागपत्र अनुसार श्रम स्वीकृति दिने निर्णय भएको  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सचिवालयले जनाएको छ ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।