‘रिचार्ड कार्डको अनधिकृत विक्री बढ्यो, किन्दा सचेत रहनुहोस्’- टेलिकम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपाल टेलिकमका सेवाहरू समेत रिचार्ज हुने भन्दै बजारमा विभिन्न नामबाट अनधिकृत रिचार्ज कार्डहरू बिक्री भइरहेको भन्दै सचेत रहन नेपाल टेलिकमले आग्रह गरेको छ।

टेलिकमले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।

टेलिकमले सूचना जारी गर्दै भनेको छ, ‘यस नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्ना विभिन्न सेवाहरू जस्तै ल्यान्डलाइन, मोबाइल, इन्टरनेट आदिको रिचार्ज तथा बिल भुक्तानी गर्न नमस्ते रिचार्ज कार्ड ब्रान्डमा रिचार्ज कार्ड उपलब्ध गराइरहेको छ।

नेपाल टेलिकमले कागजमा प्रिन्ट भई आउने नमस्ते रिचार्ज कार्डको अतिरिक्त इ पिन तथा एमपीओएसमार्फत समेत रिचार्ज सेवा उपलब्ध गराइरहेकोमा हाल बजारमा विभिन्न नामबाट नेपाल टेलिकमका सेवाहरू समेत रिचार्ज हुने भनी अनधिकृत रिचार्ज कार्डहरू समेत बिक्री भइरहेको जानकारीमा आएकाले सम्पूर्ण ग्राहक महानुभावहरूलाई सचेत रहन तथा नेपाल टेलिकमको आधिकारिक रिचार्ज कार्ड मात्र प्रयोग गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।’               

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।