काठमाडौं । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम र समुदाय सरकारी वकिल कार्यक्रम अन्तर्गत सम्पन्न उक्त कार्यक्रममा लागु औषध भनेको के हो ? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्दछन् ? यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्ने सकिन्छ ? लगायत बारेमा लगायत बारेमा जानकारी गराएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए।
लागु औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजय कुमार प्रसाइ , कर्णाली स्वास्थ बिज्ञान प्रतिस्ठानका जुम्लाका डाक्टर अरविन्द शाक्य, विद्यार्थीहरुको साथै विद्यालयका शिक्षक, डाक्टर ,समाजका अन्य व्यक्तिको पनि उपस्थित थियो।
Comment