काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो दुई साता यता लगातार बढ्दै आएको कच्चा तेलको भाउ एकैदिन १७ प्रतिशतले घटेको छ ।
संयुक्त अरब इमिरेटस (यूएई)ले उत्पादन बढाउन सहयोग गर्ने घोषणा गरेसँगै कच्चा तेलको भाउ घटेको हो । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेकको सदस्य राष्ट्र यूएईले युक्रेनी संकटपछिरुसी तेलमा लगाइएको प्रतिबन्धले बजारमा देखिएको आपूर्ति अवरोध कम गर्न थप तेल उत्पदन गर्ने बारे विज्ञप्ति जारी गरेको थियो ।
सो विज्ञप्ति जारी भएँगै कच्च तेलको भाउमा भारी गिरावट आएकोे हो ।रुसले युक्रेनमा युद्ध सुुरु गरेपछि लगातार बढेको कच्चा तेलको भाउ बुधबार घटेको हो ।
यूएई र साउदी अरब उत्पादन बढाउने अतिरिक्त क्षमता भएका केही ओपेक देशहरुमा पर्दछन् । रुस, युक्रेन युद्धले तेलको भाउ बढेसँगै अमेरिकारले विश्वका विभिन्न तेल उत्पदक देशहरुलाई उत्पादन बढाउन भनेको थियो ।
त्यसो त रुस र युक्रेनबीचको द्वन्द्व साम्य हुने संकेतमा पनि तेल बजारमा बुधबार कमी आएको हो ।
Comment