पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  पछिल्लो समय अत्याधिक रुपमा बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो ।

छलफलपछि समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएको बताए ।

उनले नेपाल आयल निगमका जाहेज मागलाई सम्बोधन गर्न पनि भनेका छन् ।

‘उपभोक्तालाई मार नपर्ने गरी सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध होस् । आयल निगम धरासायी स्थितिमा पुगेको हुनाले सम्बन्धित निकायलाई आयल निगमको मागहरु जायज हुन ।

सकभर मूल्य नियन्त्रण गर्ने तर्फ सरकारको ध्यान जाओस् । समितिले सम्बन्धित निकायलाई निर्देशन दिन्छौं,’ उनले भने ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।