काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले न्यायाधीशहरूले संविधान हेर्न छोडेको आरोप लगाएका छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकार परिवर्तन गर्नेगरी परमादेश दिएकोप्रति आक्रोशित हुँदै न्यायाधीशहरूले संविधान हेर्न छोडेको आरोप लगाएका हुन् ।
न्यायाधीशहरु न्याय दिनभन्दा व्यक्तिको उद्देश्य पूरा गर्न र विकासको विरोधीको रुपमा देखिएको ओलीको आरोप छ । उनले भने,‘हाम्राविरुद्धका परमादेशहरु जनादेशबाटै सच्याउन सकिन्छ । श्रीमानजीले संविधान हेर्न छोड्नुभयो ।’
श्रीमानलेहरुले मान्छेको उद्देश्य हेर्न थालेका आरोप पनि अध्यक्ष ओलीले लगाए ।

Comment