हत्या भएकाे १५ वर्षपछि आरोपी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीले घटना भएको १५ वर्षपछि एक जना हत्याका आरोपीलाई बहराइनबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की लेखनाथ सातमुहाने ठेगाना भएका ४६ वर्षीय अशोक गुरूङ रहेका छन् ।

कास्की जिल्लाको लेखनाथमा मजदुरी काम गरी बस्ने सुनसरी धरान घर भएका २० वर्षीय रोजन राईको हत्या भएको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । २०६३ बैशाख २९ गते बेलुकी कुटपीटबाट सख्त घाइते भएका  राईको उपचारको क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो ।

घटनामा संलग्न अशोक गुरुङ घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा बहराईन गएका थिए । त्यसपछि उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते ईन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएको थियो ।

त्यसपछि उनी बहराईनमा पक्राउ परेका हुन् । उनलाई सम्बन्धित कसूरमा कारवाही गर्ने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले मंगलबार नेपाल ल्याएको हो । गुरूङलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइने इन्टरपोल उक्त शाखाले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।