अमेरिकी राष्ट्रपति बाइडेनले फ्रान्स, जर्मनी र बेलायतका नेतासँग छलफल गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एएफपी । अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रमुख तीन देशका नेताहरूसँग सोमबार छलफल गर्ने भएका छन् ।

उनले फ्रान्स, जर्मनी र बेलायतका शीर्ष नेताहरूसँग भिडियो कुराकानी गर्ने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

उनीहरूले युक्रेनमाथि रुसले गरेको आक्रमणका बारेमा छलफल गर्ने कार्यालयद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गर्नु गलत भएको भन्दै रुसी कदमको विरोध गर्दै आएका देशका नेताहरूले रुसलाई थप दवाव दिन छलफल गर्न लागेको बुझिएको छ ।

उनीहरूले युक्रेनको पक्षमा बोल्दै आएका छन् भने युक्रेनलाई सहयोग गर्न अनुरोध पनि गरेका छन् । थप सहयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि उहाँहरूले छलफल गर्ने अपेक्षा गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।