रसुवामा शीत भण्डार निर्माण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाको कालिका गाउँपालिका–२ मा निमार्णाधीन शीत भण्डारण गृहको निमार्ण कार्य सम्पन्न भएको छ ।

३०० मेट्रिक टन क्षमताको दुई तले भवन निर्माणको काम सम्पन्न भएसँगै जिल्लाका कृषकहरुले उत्पादन गरेका फलफूल तथा तरकारी अब भण्डारन गर्न सक्ने साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बिष्णु पौडेलले बताए ।

बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७० प्रतीशत तथा कालिका गाउँपालिकाको ३० प्रतिशत आर्थिक लगानीमा तीन करोड ७० लाख ३५ हजार ३३५ रुपैयाँमा दुई तले शीत भण्डारण गृहको निमार्ण गरिएकाे हाे । 

एक वर्षअघि नै निमार्ण सम्पन्न गरिसक्नु पर्ने भएपनि कोरोना महामारीका कारण निर्माण सामाग्री तथा कामदार बाहिरबाट ल्याउन नसक्दा ढिला भएकाे निर्माणको जिम्मा पाएको ईजीइन्फ्रा प्रालिले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।