पल शाहलाई थप १२ दिन थुनामा राख्न अदालतको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नाबालिग गायिकामाथि जबरजस्ती करण गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । 

जिल्ला प्रहरी कार्यालयको न्यायिक हिरासतमा रहेका आरोपी शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत तनहुँले अनुमति दिएको हो ।

यसअघि अदालतले उननलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न तनहुँ प्रहरीलाई म्याद दिएको थियो । 

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि एक साताअघि १५ फागुनमा शाहले तनहुँ प्रहरी गिरफ्तारी दिएका थिए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।