सुन आयातमा कडाइ, दैनिक कोटा ५० प्रतिशत कटौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ ।

विदेशी विनिमय सञ्चिती घट्दो क्रममा रहेको र विदेशी विनिमय सञ्चितीको ठूलो हिस्सा सुन आयातमा प्रयोग हुन थालेपछि राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको हो ।

राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै सुन आयातको कोटा घटाएको हो।

जस अनुसार अब दैनिक १० किलोग्राम सुन मात्र आयात गर्न सकिने छ। यस अघि दैनिक २० किलोग्राम सुन आयात गर्न सकिने ब्यबस्था थियो ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । रुस र युक्रेनबीच युद्द सुरु भएपछि सुनको मूल्य निरन्तर बढ्दो छ। 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा असर परेको जानाकारहरु बताउँछन् । रुसको विवादको असरले सुनको माग बढ्न गएको हो, जसले केही सातादेखि मूल्यमा असर पारिरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।