१५ वर्षीया छात्रा बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची । १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा अर्घाखाँचीमा एक शिक्षक पक्राउ परेका छन् । 

मालारानी गाउँपालिकाको मावि स्तरको विद्यालयमा अध्यापन गराउने शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ ।

शिक्षकलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात् अर्घाखाँची जिल्ला अदालतमा पेस गरिएको र अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।