इंग्लिस प्रिमियर लिगमा चेल्सीले सहज जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्लाले सहज जित निकालेका छन्।

शनिबार राति भएकाे खेलमा चेल्सीले बर्नलीलाई ४-० अन्तरले हरायो। चेल्सीको जितमा काइ हाभर्ट्जले दुई तथा रीस जेम्स र क्रिस्चियन पुलिसिचले एक-एक गोल गरे।

जितसँगै चेल्सीले २६ खेलमा ५३ अंक जोडेर तेस्रो स्थानमा छ। बर्नली २१ अंक जोडेर १८ औं स्थानमा  छ।

अर्को खेलमा एस्टन भिल्लाले साउथ ह्याम्पटनलाई ४-० ले हरायो। ब्रेन्टफोर्डले नर्विच सिटीलाई ३-१ अन्तर, क्रिस्टल प्यालेसले उल्भ्सलाई २-० तथा न्युकासलले ब्राइटनलाई २-१ अन्तरले हरायो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।