वैशाखमा ‘नेपाल फर्मा एक्स्पो’ हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन ।  नेपाल औषधि उत्पादक संघले नेपाली औषधिबारे जानकारी दिन  ‘नेपाल फर्मा एक्स्पो’ को आयोजना गर्दैछ । संघले आगामी वैशाख ९ गतेदेखि ११ गतेसम्म चितवनको भरतपुरमा एक्स्पो गर्न लागेको हो ।

संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपालमा उत्पादन भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताबारे जानकारी गराउनका लागि एक्स्पो गर्न लागिएको जानकारी दिए।

नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्न, औषधि प्राविधिक तथा फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले पनि एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ ।

एक्स्पो संयोजक नारायणबहादुर क्षेत्रीलेका अनुसार एक्स्पोमा रहने १६० कक्षमा औषधिमा नयाँ प्रविधिको खोज गरिरहेका १२० बहुराष्ट्रिय कम्पनी र ४० नेपाली औषधि उद्योगको सहभागिता  हुनेछ ।

वार्षिक ६० अर्ब रुपैयाँको नेपाली औषधिको कारोबार हुने गरेको र औषधि उद्योगमा ५० हजार मानिसले रोजगार पाएका छन् । नेपालमा ३५ वटा प्राविधिक कलेजबाट एक हजार ५०० औषधि प्राविधिक र ५०० फर्मासिस्ट उत्पादन हुँदै आएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।