ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भरतपुर महानगरपालिकाको जयनेपाल चोकमा भएको सवारी दुर्घटनामा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । 

भरतपुर महानगरपालिका–१४, राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायब निरीक्षक अर्जुन पौडेलको पौडेलको घटनास्थलमै मृत्यु भएको  हो  । 

गए राति करिब ९ बजे महेन्द्रचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको ना१६प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय गीतानगरले नियन्त्रणमा लिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।