कांग्रेस पर्साको सभापतिमा सिंह निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज । नेपाली कांग्रेसको पर्साको सभापतिमा संस्थापन पक्षका जनार्दन सिंह क्षेत्री विजयी भएका छन् । संस्थापन इतरका श्याम पटेललाई पराजित गर्दै क्षेत्री विजयी भएका हुन् ।

पदाधिकारीमा क्षेत्रीको प्यानल नै निर्वाचित भएको छ । क्षेत्री प्रतिद्वन्द्वी पटेल भन्दा ४ सय ६५ मत बढी ल्याएर निर्वाचित भएका छन् । निर्वाचन अधिकृत नरेन्द्र कुमार केसीका अनुसार सिंहले १ हजार १ सय १० मत पाउँदा पटेलले ६ सय ४५ मत मात्रै पाए । सिंहलाई क्षेत्र नम्बर १ बाट ११९, क्षेत्र नम्बर २ बाट २२३, क्षेत्र नम्बर ३ बाट ३७७ र क्षेत्र नम्बर ४ बाट ३९१ मत प्राप्त भएको थियो ।

तत्कालीन जिल्ला विकास समितिका पूर्व सभापति क्षेत्रीलाई संस्थापन पक्षका केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया र पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीको साथ थियो । पटेललाई कांग्रेसका निवर्तमान जिल्ला सभापति अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको समर्थन थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।