महोत्तरीका चार भट्टीपसलमा प्रहरी छापा, मदिरा नष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी । प्रहरीले बिहीबार राति महोत्तरीका चार भट्टी पसलमा छापा हानेर घरेलु मदिरा जफत गरी नष्ट गरेको छ । भट्टी पसलमा अवैध रुपमा मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा बल्वा नगरपालिकास्थित प्रहरी टोलीले झण्डै ६५० लिटर कच्चा पदार्थ र एक सय लिटर मदिरा नष्ट गरेको हो ।

विनोद साह, अरुण चौधरी, श्याम महतो र दिलीप साहले सञ्चालन गरेको भट्टी पसलबाट मदिरा र कच्चा पदार्थ जफत गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

चारै जना भट्टी पसल संचालकलाई अ्बदेखि मदिरा उत्पादन नगर्ने सर्तमा स्थानीय जनप्रतिनिधि र स्थानीयको रोहबरमा छाडिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।