पोखराको शिवरात्रि मेलामा झगडा : एक जनाको हत्या, तीन पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  महाशिवरात्रिको अवसरमा लगाइएको मेलाका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ।

पोखरा-२० मौजामा स्थानीय युवाले मेला आयोजना गरेका थिए। उक्त मेलामा मदिरा सेवन गरि गाउँकै युवाबीच झगडा भएको हो। झगडामा स्थानीय ३५ वर्षका चोकबहादुर गुरुङको हत्या भएको छ।

हत्या आरोपमा कास्की प्रहरीले निशान गुरुङ, प्रकाश गुरुङसहित तीन जनालाई पक्राउ गरेको छ। पीडित परिवारको किटानकै आधारमा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।