पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज राति १२ बजे देखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

भारतबाटै मूल्य बढेर आएकाले त्यसका आधारमा नेपालमा पनि बढाइएको निगमले जनाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले मूल्य बढाएको दाबी गरेको छ ।

निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ ।

नयाँ मूल्य अनुसार उपत्यकामा अब पेट्रोल प्रतिलिटर १ सय ५० रुपैयाँ तथा डिजेल र मट्टितेल १ सय ३३ रुपैयाँ पर्नेछ । पेट्रोल तथा डिजेलको नयाँ मूल्य अहिलेसम्मकै उच्च हो ।

यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय डलर बढेको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने ‍‍‍यसपटक पनि स्थिर राखिएको छ । निगमले जनाएको छ ।

रुसले युक्रेनमाथि युद्ध सुरु गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको छ । त्यसको असर घरेलु बजारमा पनि परेको बताइएको हो । युद्ध अझै लम्बिए आउदा दिनमा पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने अनुमान गरिएको छ ।न्न घटना र पात्रको प्रत्यक्षदर्शी आफैं बनेर लेखनलाई अगाडि बढाउने क्रममा हास्य–निबन्ध ‘चिबे नकटो’ कृति तयार भएको स्रष्टा पोखरेलले जनाए । पत्रकार एवं लेखक कृष्ण भुसालले सम्पादन गरेको कृतिमा साहित्यकार खेमनाथ दाहालको भूमिका छ भने रमेश दाहालको आवरण र भाषाविन्यास रहेको छ । ईं।प्रेस, प्रा।लि। मुद्रक रहेको कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ ।

स्रष्टा पोखरलेका विभिन्न पत्र पत्रिकामा नियमित वंग्यात्मक लेख, कथा र नियात्रा प्रकाशन हुँदै आएका छन् । उहाँको अर्को कृति उपन्यास ‘रूपान्तरण’ पनि पाठकमाझ आउने तयारीमा रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।