फोनपेको प्रमुख सञ्चालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा बैंकर सिद्धान्त ठकुरी सीओओ नियुक्त भएका छन्। नवनियुक्त सीओओ ठकुरीलाई एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले स्वागत गरेका छन्।

सीओओ ठकुरीसँग नबिल बैंकमा काम गरेको १८ वर्षभन्दा बढी अनुभव रहेको छ। उनीसँग कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक लामो अनुभव छ। ठकुरीसँग सेल्स एण्ड मार्केटिङ, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रको समेत ८ वर्षभन्दा बढी अनुभव छ।

उनको आगमनसँगै फोनपेको सेवा थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्षअगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजारभन्दा बढी मर्चेन्ट रहेका छन्। बैंंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन्।

दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन्। फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसी आइडी एसएसभी थ्रीटुवान प्रमाणीकरण प्राप्त संस्था हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।